
बिर्तामोड । झापाको बिर्तामोडमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू भएको छ ।
भद्रपुर वडा न. ५ बस्ने वर्ष २५ को भुपाल अधिकारी र तत्काल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुषको मृत्यू भएको झापा प्रहरीले जनाएको छ ।
बिर्तामोड– ६ गिरीबन्धु टी स्टेट नजिक पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको मृत्यू भएको हो । चारआलीबाट बिर्तामोड तर्फ आउँदै गरेको मे ५ प ६२२२ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार जिल्ला झापा भद्रपुर नपा वडा न. ५ बस्ने बर्ष २५ को भुपाल अधिकारी र तत्काल नामथर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुष मानिस गम्भीर घाइते भएका थिए ।
उपचारको लागि उनीहरुलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको थियो । डाक्टरले चेकजाँच गर्दा सवा ६ बजे दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुबैको शव सोही अस्पतालको लास घरमा रहेको र मोटरसाइकल नियन्त्रणमा लिई इप्रका अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।


