२०८२ पौष ४ शुक्रवार , १०:३९:५९ बजे

Sajhamanch
'

सात नयाँ अनुहारसहित एमाले केन्द्रीय कमिटीमा झापाबाट २० जना निर्वाचित

शुक्रवार, पौष ४, २०८२

झापा । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट सात नयाँ अनुहारसहित केन्द्रीय कमिटीमा झापाबाट २० जना निर्वाचित भएका छन् ।

पार्टी अध्यक्षमा केपी शर्मा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न मतगणना अनुसार केन्द्रीय सदस्यमा झापाबाट देवेन्द्र दाहाल, दिपक कार्की, रोमनाथ ओली, अग्नी खरेल, चिन्तन पाठक, होमबहादुर थापा, मेनुका काफ्ले, सुनिता बराल, मिना उप्रेती पोखरेल, गीता अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक (नर्वदा) र एलिसा गौतम निर्वाचित भएका हुन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की निर्वाचित भएकी छन् ।

११औं राष्ट्रिय महाधिवेशनमा निर्वाचितमध्ये ७ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । चिन्तन पाठक, होमबहादुर थापा, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिसा गौतम केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन् । एलिसा ईन्जीनियर हुन् । उनी ३० वर्षभन्दा सानो उमेर समूहमा पर्छिन् ।

सम्बन्धित खबर