२०८२ पौष ३ बिहिवार , ०५:२५:२२ बजे

Sajhamanch
'

धावक कार्की ललितपुरदेखि भारतको अयोध्या मन्दिरसम्म दौडिने

बिहिवार, पौष ३, २०८२

काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तर प्रदेशमा रहेको अयोध्या मन्दिरसम्म दौडिने भएका छन् ।

५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड शुरू गर्नेछन् । झन्डै ४५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । दौडको रुट अवलोकन गर्न कार्की पूर्वखेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दैछन् ।

ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा रहेको कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड शुरू गर्ने छन् । उनी त्यहीँका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैँले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग सङ्कलन गर्न दौडिन लागेको कार्कीले जानकारी गराए ।

कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँच पटक, काठमाडौंदेखि दोलखा तीन पटक, काठमाडौंदेखि बुटवल एक पटक, काठमडौंण्डौदेखि सिन्धुली तीन पटक र काठमाडौंदेखि उत्तर प्रदेश एक पटक दौडेर पुगेका थिए । त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बङ्गाल हुँदै भूटानको सिमानासम्म दौडेका थिए ।

यस्तै २०६४ सालमा १०१ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेको कार्कीको भनाइ छ ।

सम्बन्धित खबर