२०८२ पौष ३ बिहिवार , ०३:२८:२८ बजे

Sajhamanch
'

बिर्तामोडमा भोलीदेखि वडास्तरीय फुटबल हुँदै

बिहिवार, पौष ३, २०८२

झापा । झापाको बिर्तामोडमा पुस ४ गते देखि छैटौँ वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । प्रतियोगिता बिर्तामोड-७ स्थित नेत्र पार्कको खेल मैदानमा हुनेछ ।

बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल पुस १३ गते सम्पन्न हुने विशाल अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईँले गर्नु हुने छ ।

छैटौँ वडास्तरीय युवा फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि विजेताले २५ हजार र उपविजेताले १५ हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनुभयो । खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि स्थानीय स्तरमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरीको भनाई छ ।

सम्बन्धित खबर