२०८२ पौष २ बुधवार , ११:५७:३० बजे

Sajhamanch
'

साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बङ्गाल खेल्दै

बुधवार, पौष २, २०८२

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ ।

यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन् । एपीएफ र इस्ट बङ्गालबीच आउँदो शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै शीर्ष दुईमा रहेर यी दुई टोली फाइनलमा पुगिसकेका हुन् ।

लिग चरणका तीन खेलमा एपीएफले सात अंक जोड्दा इस्ट बङ्गालले ९ अंक जोडेको छ । आजको खेल जित्ने टोलीले लिगको शीर्ष स्थानमा रहेर उपाधिका लागि खेल्नेछ ।

दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा नेपाल, भारत, भुटान, बङगलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् ।

साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ देखि काठमाडौंमा शुरू भएको हो । उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।

सम्बन्धित खबर