२०८२ पौष २ बुधवार , १०:४१:३१ बजे

Sajhamanch
'

कोशी र बागमतीमा मौसम आंशिक बदली : पश्चिम तराईका थोरै ठाउँमा हुस्सु

बुधवार, पौष २, २०८२

काठमाण्डौ ।  आज कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । त्यस्तै पश्चिम तराईका थोरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ ।आज दिउँसो देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान छ । देशभर आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो ।

सम्बन्धित खबर