२०८२ पौष १ मङ्गलवार , ०६:०५:२० बजे

Sajhamanch
'

धनगढीका पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन माग

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

‘कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। पत्रकारमाथि भएको अमर्यादित व्यवहारप्रति महासंघ निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यो घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ।’