२०८२ चैत २३ सोमवार , ०३:०७:३० बजे

Sajhamanch
'

एमालेमा नयाँ नेतृत्वका लागि मनाेनयन सकियाे

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।

निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली राति सार्वजनिक गरिएको हो।

प्रकाशित नामावली उपर कुनै दाबी, विरोध वा संशोधन गर्नुपर्ने भए तोकिएको समय सीमाभित्र निर्वाचन कमिटीको कार्यालयमा उजुरी वा संशोधनको सूचना दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ।

यस्तै ५ उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासचिव पदमा २ जना, ३ उपमहासचिव पदका लागि ७ जना तथा नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ।

यसै गरी ७३ केन्द्रीय सदस्य (खुल्ला) पदका लागि १६८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयाेगले प्रकाशित गरेकाे सूचनाअनुसार आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।