२०८२ मंसिर २९ सोमवार , ०६:११:१९ बजे

Sajhamanch
'

सेयर बजार २६०१ अंकमा, घट्यो कारोबार

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडको भयो ।

१५५ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १० को स्थिर रह्यो । आजको वृद्धिलाई बैंकिङ समूहले राम्रो टेवा पुर्‍यायो । यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ तथा व्यापार समूह ०.२७ प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.११, लगानी ०.०८, माइक्रोफाइनान्स ०.०८ तथा अन्य समूह ०.१७ प्रतिशत घटे।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् ।  त्यस्तै स्वेतगंगा हाइड्रोपावरको ८.७९, ओम मेगाश्रीको ४.०९ तथा इङवा हाइड्रोपावरको ३.९७ प्रतिशत मूल्य बढ्यो ।

हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, लक्ष्मी सनराइज बैंक, एसबीआई बैंक, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स छन् ।

सम्बन्धित खबर