२०८२ मंसिर २९ सोमवार , ०६:१४:१३ बजे

Sajhamanch
'

प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार, मंसिर २९, २०८२

काठमाडौं ।  धनुषाको शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विदेह नगरपालिका वडा नम्बर २ दुहवीमा रहेको विद्यालयका प्रधानाध्यापक ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरुणकुमार कुशियैतविरुद्ध जनही आठ लाख ६२ हजार १५२ रुपैयाँ बिगो रकमसहित मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा आईसीटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा उनीहरूले रकम हिनामिना गरेको आयोगको ठहर छ ।

सम्बन्धित खबर