२०८२ मंसिर २९ सोमवार , ०६:१०:५५ बजे

Sajhamanch
'

रुकुमपूर्व र उदयपुरबाट बन्दुकसहित पाँच जना पक्राउ

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा

प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन् ।

शेरबहादुरको गोठ खान तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-१२ अर्नाबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई

आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय मित्रबहादुर बुढाथोकी र ४४ वर्षीय हिरालाल तामाङ रहेका छन् ।

मित्रबहादुरको बारीबाट उक्त बन्दुक फेला पारी दुवै जनालाई नियन्त्रमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर