२०८२ मंसिर २९ सोमवार , ०६:१४:४२ बजे

Sajhamanch
'

एनपीएलको सफल आयोजनापछि क्यानलाई आईसीसी अध्यक्ष जय शाहको बधाई

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई बधाई दिएको छ ।

एनपीएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।

क्यान अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने आईसीसी अध्यक्ष शाहले विश्वास व्यक्त गरेका छन् । एनपीएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभइ अन्तर्राष्ट्रियस्तरमा आफूलाई बलियो बनाउँदै लैजानेमा अध्यक्ष शाहको विश्वास छ ।

एनपीएलले सङ्गठनात्मक व्यवस्थापन र क्रिकेटको गुणस्तरका दृष्टिले उदाहरणीय मापदण्ड स्थापित गरेको उल्लेख गर्दै आईसीसी अध्यक्ष शाहले भविष्यमा नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि क्यानलाई निरन्तर सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खबर