२०८२ मंसिर २९ सोमवार , ०२:५३:३४ बजे

Sajhamanch
'

कांग्रेसले भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले भोलि (पुस १ गते) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको छ।

पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा कांग्रेसले एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरूङको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पारित शोक प्रस्तावअनुसार पुस १ गते कार्यालयहरू बन्द गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार २९ मंसिरदेखि २ पुससम्म ९तीन दिन० पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने भएको छ ।

उपाध्यायको स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा गृहजिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ ।

उपाध्यायको क्यान्सर रोगको उपचारका क्रममा शनिबार साँझ ९१ वर्षको उमेरमा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको थियो ।

२०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित उपाध्याय २३४ मंसिर २०५६ मा सम्पन्न उपनिर्वाचनमा मोरङ–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएक थिए ।

२०५६ मा शिक्षा तथा खेलकुदमन्त्री बनेका उपाध्याय २०६२÷०६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिका संसदका सदस्य थिए ।

उनी २०६४ को संविधानसभा सदस्य निर्वाचनमा मोरङ–१ बाट निर्वाचित भएका थिए ।

उपाध्यायले २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको कांग्रेसले जनाएको छ ।