२०८२ मंसिर २९ सोमवार , ०१:११:५४ बजे

Sajhamanch
'

सुनको भाउमा फेरि कीर्तिमान : तोलाको २ लाख ६० हजार ७०० रुपैयाँ पुग्यो

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउले कीर्तिमान बनाएको हो । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गर्दै तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर