२०८२ मंसिर २९ सोमवार , १२:३९:५५ बजे

Sajhamanch
'

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता फारम वितरण सुरु

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । काठमाडौंमा जारी नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ ।

सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो ।

अहिले चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण सुरु गरिएको छ । आज दिउँसो १स्३० बजेसम्म उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।

No description available.

सम्बन्धित खबर