
काभ्रेपलाञ्चोक । काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति मृत फेला परेका छन् । रोशी गाउँपालिका वडा नं. १२ का २१ वर्षीय दुतराज तामाङ मृत फेला परेका हुन् ।
उनी शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
उनी चोरी आरोपमा आइतबारदेखि हिरासतमा थिए । सोमबार बिहान ३ बजे उनी शौचालयमा मृत अवस्थामा फेला परेका हुन् ।
घाँटीमा ब्ल्यांकेटको घेरोको कपडाको पासो लगाएको अवस्थामा उनी मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


