२०८२ मंसिर २९ सोमवार , ०२:१७:१७ बजे

Sajhamanch
'

टी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हरायो

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ११८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।

त्यसअघि धर्मशालामा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ११७ रन बनाएर अलआउट भयो । यो जीतसँगै पाँच खेलको टी–२० शृङ्खलामा भारतले २–१ को अग्रता बनाएको छ ।

पहिलो खेल भारतले १०१ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथो खेल पर्सि बुधवार र पाँचौ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

सम्बन्धित खबर