२०८२ मंसिर २८ आइतवार , १०:२४:४७ बजे

Sajhamanch
'

एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण (सूचीसहित)

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । स्टाफ कलेजको रुपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स)को प्रवेश परीक्षामा १६ डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् ।

उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए ।

जसमध्ये १६ जना मात्रै उत्तिर्ण भएका हुन् ।

यता प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्न नहुने भन्दै सर्वोच्चमा पनि २०७० ब्याचका प्रहरीले रिट पनि दायर गरेका छन् । प्रहरी ऐन, नियमावलीले नचिन्ने कोर्स गरेर प्रहरीको करिअरमै असर गर्ने हुँदा तत्काल लागू गर्न नहुने माग उनीहरूको छ ।

नेपाल प्रहरीमा पहिलो पटक २०७० को इन्सपेक्टरबो ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको छ । स्टाफ कलेज कोर्स पास नगर्नेहरू डीआईजी समेत बन्न नसक्ने बताइएको छ ।

यस्तो छ स्टाफ कलेज प्रवेश परीक्षा पास गर्नेको सूची:

सम्बन्धित खबर