
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउले कीर्तिमान बनाएको हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५६ हजार ६०० रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ भने तोलामा ८० रुपैयाँले घटेको छ । आज चाँदी ८० रुपैयाँले घटेर तोलाको तीन हजार ८२५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार ९०५ रुपैयाँ थियो ।


