२०८२ मंसिर २८ आइतवार , ०३:४९:४६ बजे

Sajhamanch
'

विभिन्न कार्यक्रमका साथ आज संसद् सेवा दिवस मनाईंदै

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । आज सङ्घीय संसद् सेवा दिवस मनाईंदैछ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाउने गरिन्छ । २०५८ सालमा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो ।

सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । संसदीय अभ्यासलाई थप प्रभावकारी र मर्यादित बनाउन तथा कानुन निर्माण प्रक्रियामा दिवसको महत्त्व छ ।

दिवसको अवसरमा सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ । यस्तै उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत् नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।