२०८२ मंसिर २६ शुक्रवार , ०४:२४:४९ बजे

Sajhamanch
'

१३१ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट दुईजना पक्राउ

शुक्रवार, मंसिर २६, २०८२

विराटनगर । विराटनगरबाट प्रहरीले १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले बिहीबार विराटनगर महानगरपालिका–४ नोबेल अस्पताल नजिकबाट सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये हबिबको साथबाट १३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिनुभयो ।

पक्राउ परेकाले प्रयोग गरेको को. २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर