
विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ९०० किलो भन्दा बढी गाँजा बरामद गरेको छ ।
बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिकै खेतबाट ९२१ किलो गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार खेतमा रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद भएको हो । प्रहरीले बरामद गरेको गाँजा २९ वटा बोरामा राखिएको थियो ।
बरामद भएको गाँजाको तौल ९२१ किलो ६६ ग्राम रहेको प्रहरीले जनाएको छ । गाँजा कसले ल्याएर राखेको हो भन्ने नखुलेको प्रहरीले बताएको छ ।
कोशी प्रदशको पहाडी जिल्लामा उत्पादन हुने गाँजा मोरङ सुनसरी हुँदै तस्करी हुँदै भारत पुग्ने गरेको छ । भारत लैजानकै लागि लुकाएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।


