२०८२ मंसिर २५ बिहिवार , ०३:४९:२९ बजे

Sajhamanch
'

क्षतिग्रस्त संरचना निर्माणलाई प्राथमिकतामा राख्न मन्त्री घिसिङको निर्देशन

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नवयुवा आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा उहाँले गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको निर्माण र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री घिसिङले वर्षौंदेखि ठेक्का लिएर रुग्ण बनाइएका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभयो । अनावश्यक विवाद नगर्न, निर्माण व्यवसायी सम्पर्कमा आएको भन्दै नबस्न भन्दै उहाँले काम गर्ने सुनिश्चितता खोज्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले रुग्ण ठेक्काका निर्माण व्यवसायी काममा फर्किएको बताइए पनि निर्माणस्थलमा काम भएरनभएको नियमित अनुगमन गर्न अनुरोध गर्नुभयो ।

बिहिवार, मंसिर २५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर