
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग छलफल गर्नु हुदैं छ । प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया राखेको अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो।
‘महाधिवेशन लगायत विषयमा अन्तरक्रिया गर्ने गरी अध्यक्षज्यूसँग छलफल राखेका छौं,’ उहाँले भन्नुभयो।
महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष ओली र उनलाई चुनौती दिने गरी अघि बढेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल समूहले छुट्टाछुट्टै व्यानरमा अन्तरक्रिया गरिरहेका छन्। संस्थापन पक्षले प्रेस चौतारीको ब्यानरमा नेता निम्त्याएर अन्तरक्रिया गरिरहेको छ। पोखरेल पक्षले पनि नेताहरूसँग सामूहिक अन्तरक्रिया गराइरहेको छ।
बुधबार पोखरेलले पनि सम्पादकहरूसँग अन्तरक्रिया गर्नु भएको थियो। अध्यक्ष ओलीले आज आफूलाई प्रस्तुत गर्न लाग्नु भएको हो।
एमालेको ११ औं महाधिवेशन आउन अब दुई दिन मात्रै बाँकी छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र हुनेछ। बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तय गरिएको छ।


