२०८२ मंसिर २७ शनिवार , ०१:१४:३४ बजे

Sajhamanch
'

स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको जनाएको छ ।

विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले बीमामार्फत सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पुग्न सकिने बताउनुभएको हो । उहाँका अनुसार अहिले बिरामीले उपचार खर्चको झन्डै ५५ प्रतिशत आफैँ व्यहोर्नुपरेको छ ।

कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले १० वर्षमा बीमा कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्नुभएको छ । अहिले २१ प्रतिशत नागरिक बीमाबाट स्वास्थ्य सेवा पहुँचमा आएका छन् । बीमितमध्ये ४१ प्रतिशतले स्वास्थ्य सेवा उपयोग गरिरहेको तथ्याङ्क छ । औषधि सबै अस्पतालमा उपलब्ध भए स्वास्थ्य पहुँच अझ बढ्ने विज्ञहरुको सुझाव छ ।

बोर्ड सदस्य डा। मुक्तिराम श्रेष्ठले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको संख्या वृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँले बीमामार्फत नै सबै नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउन सकिने बताउनुभयो । पाँच सदस्यसम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँको योगदानमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा पाउने व्यवस्था छ ।

बिहिवार, मंसिर २५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर