२०८२ मंसिर २५, बुधवार , ०५:४७:५१ बजे

Sajhamanch
'

कुखुरामा भेटियो ‘एनेमिया भाइरस’

बुधवार, मंसिर २५, २०८२

चितवन । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो ।

जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उहाँले बताउनु भयो । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो ।

यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । जसले गर्दा अन्य रोगहरुले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । उहाँले भन्नुभयो, “प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।”

सम्बन्धित खबर