२०८२ मंसिर २४, मङ्गलवार , ०५:४६:५० बजे

Sajhamanch
'

दुई दिनको गिरावटपछि बढयो नेप्से परिसूचक, कारोबार रकम घट्यो

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौं । साताको दुई सेयर कारोबार दिनपछि आज नेप्से परिसूचक उकालो लागेको छ। साताको पहिलो र दोस्रो कारोबार दिन (आइतबार र सोमबार)लगातार ओरालो लागे नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ।

आइतबार २१.४८ अंकले घटेको नेप्से परिसूचक सोमबार ३.०२ अंकले घटेको थियो। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।

यसदिन ३३१ स्क्रिप्सको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भयो। सोमबार ४ अर्ब ६६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तीयर श्रीनगर एग्रिटेकको सेयर १० प्रतिशतले बढ्दा माथिल्लो मैलुङ खोला जलविद्युतको ९.९८ प्रतिशत,स्वेत गंगा हाइड्रोपावरको ८.७६ र सुपर मादी हाइड्रोपावरको ८.१० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा नगदी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३१ करोड ९२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। लक्ष्मी सनराइज बैंकको ११ करोडको सेयर कारोबार हुँदा राधी विद्युतको ९ करोड,युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्सको ८/८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १४८ स्टक्सको मूल्य बढ्दा १०१ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने आज स्थिर रह्यो। चार समूहको उपसूचक घट्दा नौंवटा समूहको उपसूचक सकारात्मक देखिए। बैंकिङ,माइक्रो फाइनान्स,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्य समूहको वृद्धि भएको हो।

सम्बन्धित खबर