२०८२ मंसिर २४, मङ्गलवार , ०५:४६:४९ बजे

Sajhamanch
'

आईपीएल अक्शनका लागि ३५० जना खेलाडीको सूची सार्वजनिक (सूचीसहित)

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्शनका लागि ३५० जना खेलाडीको सूची सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सूचीमा २४० जना भारतीय र ११० जना विदेशी खेलाडी छन् । अक्शनका लागि १ हजार ३९० खेलाडीले नाम दर्ता गरेकामा ३५० जना छानिएका हुन् ।

यीमध्ये ४० जना खेलाडीले आफूलाई अधिकतम २ करोड रुपैयाँको आधार मूल्यमा सूचीबद्ध गरेका छन् जसमा वेंकटेश अय्यर र रवि बिश्नोई मात्र दुई भारतीय खेलाडी छन् ।

आईपीएलका ८ वटै फ्रेन्चाइज टोलीले ७७ जना खेलाडी अनुबन्ध गर्न बाँकी छ, त्यसमध्ये ३१ जना विदेशी खेलाडी हुनुपर्नेछ ।

१९औं संस्करणको आईपीएलका लागि यही डिसेम्बर १६ मा संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा अक्शन हुँदैछ ।

सम्बन्धित खबर