२०८२ मंसिर २६, बिहिवार , ०५:४१:३१ बजे

Sajhamanch
'

लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौं । लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालमा रहेको भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा र भारतीय राजदुतावासका नियोग उपप्रमुख डा। राकेश पाण्डेको उपस्थिति थियो ।

यस्तै नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको सहभागिता थियो ।

मङ्गलवार, मंसिर २४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर