२०८२ मंसिर २४, मङ्गलवार , ११:१७:५१ बजे

Sajhamanch
'

नवयुवा प्रदर्शनका घाइतेहरूलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौं । सरकारले नवयुवा प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढाउने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले गएको भदौ २३ र २४ गतेको नवयुवा प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

मङ्गलवार, मंसिर २४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर