२०८२ पौष २७ आइतवार , १०:५६:४३ बजे

Sajhamanch
'

शेयर बजार लगातार छैटौं कारोबार दिन घट्यो

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २ अङ्कले घटेर २ हजार ६०६ दशमलव ६७ विन्दुमा झरेको छ । नेप्से लगातार छैटौं कारोबार दिन घटेको हो ।

आज जलविद्युत्, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १४७ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव १६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३३१ वटा कम्पनीको १ करोड १ लाख कित्ता शेयर ४ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर