
विराटनगर । काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ५५ वर्षे निपुन गुप्तालाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएको र तीन महिनापछि विराटनगरबाट पक्राउ परेका हुन् ।
लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा ७ मा लुकिछिपी बसिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई नख्खु कारागार पठाइने प्रहरीले जनाएको छ ।


