
काठमाडौं । चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
सिनामङ्गलमा बस्दै आएका असई कार्कीले घाँटी थिचेर छोराको हत्या गरेका प्रहरीले जनाएको छ । हत्याको कारण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।


