२०८२ मंसिर २३, सोमवार , ०३:२३:१५ बजे

Sajhamanch
'

पोर्चुगल पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

सोमवार, मंसिर २३, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भीम बहादुर महर छन् ।

भीम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

सम्बन्धित खबर