२०८२ मंसिर २३, सोमवार , ०१:४०:५५ बजे

Sajhamanch
'

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा

सोमवार, मंसिर २३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि सुरु हुँदै छ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेको सो पार्टीले जनाएको छ ।

समग्र तयारीको अवस्थाबारे छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालय अर्को बैठक मंसिर २५ गते बस्ने ढुङ्गेलले जानकारी दिनुभयो । यसअघि महाधिवेशन सम्पन्न गर्न एमालेले विभिन्न १३ वटा उपसमिति गठन गरेको थियो ।

‘सम्भवतः ११ औँ राष्ट्रिय व्यवस्थापन समिति सचिवालय सो बैठक अन्तिम बैठक हुने छ’, ढुङ्गेलको भनाइ छ ।

सम्बन्धित खबर