
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बिहान उपत्यकाकाको न्यूनतम तापक्रम हिजोभन्दा केही बढेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।


