
जनकपुरधाम । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गर्नु भएको छ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नु भएको हो ।
जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ।


