२०८२ मंसिर २२, आइतवार , ०१:५३:१६ बजे

Sajhamanch
'

दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङखला भारतलाई

आइतवार, मंसिर २२, २०८२

काठमाडौं । दक्षिण अफ्रिकासँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङखला भारतले २–१ ले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै शृङ्खला जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको २७१ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमै १ विकेट गुमाएर भेटायो । भारतका ओपनर यशस्वी जैसवालले अविजित ११६ रनको शतकीय पारी खेले । दक्षिण अफ्रिकाका केशव महाराजले १ विकेट लिए ।

त्यसअघि विशाखापट्टनममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर ५ बलमा २७० रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका क्विन्टन डे ककले १०६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । भारतका भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिए ।

यसअघि यी दुई टोलीबीच भएको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले भारतलाई हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच ५ खेलको टी–२० शृङ्खला आउँदो मङ्गलवारदेखि कटकमा शुरु हुनेछ ।

सम्बन्धित खबर