२०८२ मंसिर २२, आइतवार , ०१:५५:५६ बजे

Sajhamanch
'

अहिलेसम्म ४ लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान

आइतवार, मंसिर २२, २०८२

काठमाडौं । सरकारले अहिलेसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो हप्तासम्म दुई लाख ६६ हजार ५१० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ ।

चालू आर्थिक वर्षमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने सरकारको लक्ष्य छ । रासायनिक मल आयातका लागि चालू आर्थिक वर्षमा २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो ।

कृषि सामग्री कम्पनीले १ लाख ८० हजार ४९१ मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरशेनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ । कृषि सामग्री कम्पनीले ८८ हजार २१३ मेट्रिक टन युरिया, ९२ हजार २७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ ।

यस्तै, कूल ८६ हजार ३३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात रहेको तथ्याङ्क छ । साथै, आयातको क्रममा बाह्य देशका विभिन्न मार्गमा १ लाख २० हजार ५९७ मेट्रिक टन मल रहेको कृषि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर