२०८२ मंसिर २०, शुक्रवार , ०४:५२:२४ बजे

Sajhamanch
'

माटोको गुणस्तर सुधार तथा संरक्षणमा जुटौँ : कृषिमन्त्री परियार

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारले माटोलाई उत्पादनको साधनका रूपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षणका लागि जुट्न आग्रह गर्नुभएको छ ।

१२औं विश्व माटो दिवसका अवसरमा आज नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटार ललितपुरमा भएको कार्यक्रममा मन्त्री परियारले दिगो प्रयोग र उत्पादनका लागि माटोको गुणस्तर जोगाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री परियारले बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोको भौतिक, रासायनिक र जैविक गुणमा नकारात्मक असर परिरहेको बताउनुभयो । योसँगै अव्यवस्थित शहरीकरण, पूर्वाधार निर्माण एवम् औद्योगिकीकरणका कारण माटोमा पानी सोस्ने क्षमतामा ह्रास आएको तथा प्रदूषण बढेको उहाँको भनाइ छ ।

माटो बिग्रदै जाँदा त्यसबाट उत्पादन र उत्पादकत्वमा ह्रास आउनुका साथै ग्रामीण तथा शहरी वातावरणीय सन्तुलनमा समेत गम्भीर चुनौती सिर्जना हुने अवस्था आएको मन्त्री परियारले बताउनुभयो । खेती धेरै हुने गाउँको माटो जस्तै शहरको माटो समेत स्वस्थ हुनु पर्यावरणीय दृष्टिकोणले उत्तिकै महत्त्वपूर्ण रहेकोमा उहाँको जोड छ ।

कार्यक्रममा दुई जना उत्कृष्ट किसान तथा माटो जोगाउन निरन्तर पहल गर्दै आएका माटो वैज्ञानिक लगायतलाई सम्मान गरिएको छ ।

शुक्रवार, मंसिर २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर