२०८२ मंसिर २०, शुक्रवार , ०१:०२:३५ बजे

Sajhamanch
'

वित्तीय एवम् एकीकृत सहयोगमा नेपालको जोड

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । नेपालले अल्पविकसित देशहरूको विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । अल्पविकसित देशलाई वित्तीय एवम् एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ ।

अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु देशहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत हिजो भएको उच्चस्तरीय छलफलमा एलडीसी समूह अध्यक्षका रुपमा परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिनुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित देशबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताउनुभयो ।

त्यस अवसरमा उहाँहरूबीच बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो ।

शुक्रवार, मंसिर २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर