२०८२ मंसिर १९, बिहिवार , ०८:४६:२९ बजे

Sajhamanch
'

अर्जुनधारा महिला भलिबल : बिहीबारको दुई खेलमा पुलिस र एपिएफको जित

बिहिवार, मंसिर १९, २०८२

झापा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएका दुई वटा खेलहरु नेपाल पुलिस र एपिएफ टिम विजयी भएका छन् । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो भने नेपाल पुलिसले न्यू डायमन्ड क्लबलाई हराएको हो ।

आज भएको दोस्रो खेलमा पुलिसले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले १९–२५, १४–२५ र १७–२५ को सोझो सेटमा न्यू डायमन्डलाई स्तब्ध पारेको थियो ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी रिमा कुँवर भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी बलराम कार्कीलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरेका थिए ।

आजै भएको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । एपिएफले ३–१ को सेटमा आर्मीलाई स्तब्ध बनाएको हो । प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो ।

एपिएफले १५–२५, १८–२५ र १८–२५ को सेटमा आर्मीलाई पराजित गरेको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सृष्टि खड्गी भइन् ।

उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, नगद सौजन्यकर्ता सीता ढकालले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

भोलिको पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

सम्बन्धित खबर