२०८२ मंसिर १८, बुधवार , ०३:४२:१६ बजे

Sajhamanch
'

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेकोमा नेपालको जोड

बुधवार, मंसिर १८, २०८२

काठमाडौं । नेपालले अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा जोड दिएको छ ।

अल्पविकसित देशहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले कतारको दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवम् साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा जोड दिनुभएको हो ।

दोहामा रहेको नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधको अन्त्य तथा अन्तर्राष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक स्रोत साधनको उपलब्धता निश्चित हुनुपर्ने बताउनुभयो ।

कृषि, जलविद्युत्, पर्यटन, निर्माण, सूचना तथा सञ्चार प्रविधि र मानव संशाधनका क्षेत्र नेपालको आर्थिक रुपान्तरणमा सम्भावना भएका क्षेत्र रहेका भन्दै उहाँले यी क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र नेपालको विकासका साझेदारसँग आग्रह गर्नुभयो । उहाँले यसका साथै संयुक्त राष्ट्रसङ्घ एवम् यसका विशिष्टिकृत संस्थाहरूसँग सहकार्य गर्न नेपाल सरकारले चाहेको पनि उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर