२०८२ मंसिर १८, बुधवार , ०२:२४:२३ बजे

Sajhamanch
'

१९ वर्षमुनिको एशिया कप : नेपालले समूह चरणमा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानसँग खेल्ने

बुधवार, मंसिर १८, २०८२

काठमाडौं । यही मङ्सिर २६ गतेदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले आज प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका छन् ।

नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा मङ्सिर २७ गते श्रीलङ्कासँग, मङ्सिर २९ गते बङ्गलादेशसँग र पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणमा आफ्ना सबै खेल द सेभेन्स स्टेडियममा खेल्नेछ । प्रतियोगिताको सबै खेल स्थानीय समय अनुसार बिहान ९ बजे शुरू हुनेछ ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटको सेमिफाइनल पुस ४ गते र फाइनल खेल पुस ६ गते हुनेछ ।

सम्बन्धित खबर