२०८२ मंसिर १८, बुधवार , ०१:२३:०१ बजे

Sajhamanch
'

लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने

बुधवार, मंसिर १८, २०८२

काठमाडौं । लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम यही मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो ।

आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा धेरैको सहभागीता रहनेछन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विज्ञ, कलाकार, युवाहरूलगायतका प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा फच्र्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन् । नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न देशका तीन जना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने उहाँले बताउनुभयो ।

सम्बन्धित खबर