
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेईबीच भएको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको टोली जीतविहिन भयो ।
हिजोको खेलमा नेपाल चाइनिज ताइपेईसँग १ गोलले पराजित भएको हो । इन्डोनेसियाको योग्यकार्तामा भएको खेलमा चाइनिज ताइपेईले खेलको दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो ।
चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जितेर उपाधि जित्यो । उसले इन्डोनेसियालाई ५ गोलले हराएको थियो । नेपाल इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।


