२०८२ मंसिर १७, मङ्गलवार , ०२:४८:०४ बजे

Sajhamanch
'

भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई जना गम्भीर घाइते

मङ्गलवार, मंसिर १७, २०८२

भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् ।

प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताउनु भयो ।

मङ्गलवार, मंसिर १७, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर