२०८२ मंसिर १७, मङ्गलवार , ०१:३१:०७ बजे

Sajhamanch
'

चुनाव निष्पक्ष र भयरहित हुन्छ : गृहमन्त्री अर्याल

मङ्गलवार, मंसिर १७, २०८२

कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गर्नुभएको छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले तोकिएको सयममा नै निर्वाचन हुने दाबी गर्नुभएको हो।

‘यो सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र निर्वाचन गर्ने हो, म्यान्डेट पनि चुनावकै पाएका छौँ,’ गृहमन्त्री अर्यालले भन्नुभयो, ‘निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ।’

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भएको बताउनुभयो । राजनीतिक दललाई पनि निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन वर्तमान सरकार सक्रिय भएको मन्त्री अर्यालको दाबी थियो । ‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ,’ गृहमन्त्री अर्यालले भन्नुभयो, ‘कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन।’

सम्बन्धित खबर