
म्याग्दी । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।
सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा कालोपत्र र ढलान भएको छ ।
राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा काम सम्पन्न भएको छ । त्यसैगरी, राहुघाट, बेगखोला, महभिर र पोखरेबगरको कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् ।


