२०८२ मंसिर १७, मङ्गलवार , ११:०१:३५ बजे

Sajhamanch
'

माघदेखि ५ लाखमाथिको कारोबार बैंकमार्फत गर्नुपर्ने

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । सरकारले आउँदो माघ १ गतेदेखि लागू हुने गरी पाँच लाखभन्दा बढीको कारोबार बैंकबाट मात्रै गर्नेगरी नयाँ प्रावधान ल्याएको छ । अहिले भइरहेको १० लाखसम्मको नगद कारोबारको सीमालाई सरकारले घटाएको हो ।

अब एक पटकमा पाँच लाख वा त्योभन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने हुन्छ । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि नगद कारोबारको सीमा तोक्ने निर्णय भएको सरकारले जनाएको छ ।

सम्बन्धित खबर